
Asbus
Ksbus
Sdc
Rgp
Ggp
Msbus
Ksbus
Ggp
Lnp

दाङ । देउखुरी पब्लिक सेकेन्डरी स्कुलले दोस्रो संस्करणको तीज फोटो सुट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्कुलको अतिरिक्त क्रियाकलाप समितिले दोस्रो संस्करणका रुपमा तीज फोटो सुट प्रतियोगिता -२०८२ को आयोजना गर्न लागेको हो ।
स्कुलले आफ्नो स्कुलका साथ-साथै देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरु प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने गरी यस पटकको प्रतियोगितालाई समितिद्वारा थप परिमार्जित तवरले आयोजना गरिने व्यहोरा अतिरिक्त क्रियाकलाप समितिका प्रमुख तथा प्रतियोगिताका संयोजक कुविर गिरीले जानकारी दिए ।
त्यस्तै गिरीका अनुसार देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका भित्रका सम्पूर्ण महिला दिदीबहिनीले यो प्रतियोगितामा भाग लिन पाउने गरि यस वर्षको फोटो सुट प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा भाग लिन चाहने इच्छुक महिलाले स्कुलको ह्वाटसप एप नम्बर ९८६०३४२४३८/व९७४५६२३६९४ आफ्नो नाम, ठेगाना,नम्बर, नानी-बाबुको नाम,कक्षा,स्कुलको नाम समेत उल्लेख गरेर यहीँ श्रावण महिनाको ३० गते भित्र फोटो पठाउन सकिने स्कुल प्रशासनले जनाएको छ ।
त्यस्तै उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद दस हजार रुपैयाँ र प्रमाणपत्र तथा पुरुस्कार समेतको व्यवस्थापन गरिएको विद्यालयका प्रिन्सिपल भू-मान्डप केसीले जानकारी दिए ।स्कूलद्वारा जारी सूचना 
