Sidha Patra शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोह भव्य रुपमा आज सम्पन्न भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोह नेपालको इतिहासमा विशेष र स्मरणीय रह्यो । नवनियुक्त प्रधानमन्त्रीको शपथका लागि १–२–३–४ को विशेष संयोगमा अर्थात दिउँसो १२ः३४ बजेका लागि मुहूर्त तय गरिएको थियो । यो समयलाई अत्यन्त शुभ मानिएको छ ।

शपथ ग्रहण समारोहलाई परम्परागत र सांस्कृतिक बनाइएको थियो । शपथ ग्रहण अघि १०८ जना हिन्दू बटुकहरुले स्वस्ति वाचन गरेका थिए । यस्तै बौद्ध परम्पराअनुसार १०७ भिक्षुहरुले अष्टमंगल पाठ गरेका थिए । समारोहमा सात जना ब्राह्मणहरुले शंखनाद गरेका थिए । शंखको शुभ ध्वनिले समारोह स्थल गुञ्जाएमान बनेको थियो । जसले वातावरणलाई अझ पवित्र र ऊर्जावान बनाएको थियो ।

शपथ ग्रहण समारोहलाई बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व दिने गरी विशेष बनाइएको थियो । समारोह स्थलमा मिथिला संस्कृति र किराती संस्कृति झल्काउने दुई प्रमुख सांस्कृतिक प्रतीकहरू राखिएका । मिथिला संस्कृति झक्लिने ‘मिथिला आर्ट’ र किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ ले नेपालको सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकतामा विविधताको सन्देश दिन खोजिएको थियो ।

त्यस्तै सपथ ग्रहण समारोहमा भगवान शिव र पार्वतीको भेषमा दुई जना (महिला–पुरूष) पनि देखिन्थे । हिन्दू धर्ममा भगवान शिव र माता पार्वतीलाई अत्यन्त महत्वपूर्ण र प्रिय आराध्य देव मानिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ लिँदा बालेन गम्भीर र आत्मविश्वासपूर्ण देखिएका थिए ।

शपथ ग्रहण समारोह परम्परागत शैलीमा आयोजना गरिएका कारण गरीमामय देखिन्थ्यो । राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरू, उच्च पदाधिकारीहरू, निवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगै र समर्थकहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री शाहको शपथ ग्रहणलाई नेपालको नयाँ राजनीतिक युगको सुरुवातका रुपमा हेरिएको छ । र्‍यापरबाट राजनीतिमा आएका बालेनको जितलाई जेनजी पुस्ताको जागरण र उक्त पुस्ताले चाहेको परिवर्तनका रुपमा लिइएको छ । ३६ वर्षीय बालेन २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले हराउँदै झापा–५ बाट संसदीय यात्राको ढोका खोल्न सफल भएका थिए ।

निर्वाचन अल्ड्नअघि उनी काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) थिए । मेयरबाट राजीनामा दिएर उनी रास्वपाको वरिष्ठ नेता बनेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई २३ हजार ४२६ मतले हराउँदै मेयरमा निर्वाचित भएका थिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]