नेकपा माओवादी केन्द्र लमहीद्वारा संविधान दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

दाङ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लमहीमा नेकपा (माओवादी केन्द्र) ले दीप प्रज्वलन कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न गरेको छ । लमही नगर कमिटीको आयोजनामा संविधान दिवसका दिन विशेष कार्यक्रम गरी संविधानप्रति सम्मान व्यक्त गर्दै पार्टीले लोकतन्त्र, समावेशीता र सामाजिक न्यायको आधारलाई थप मजबुत बनाउन सबैलाई आह्वान गरेको हो । नेकपा […]

एमाले नेता बस्नेतले पत्रकार शाक्यलाई दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ । त्यस्तै समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार […]

काङ्ग्रेस लमही नगर कर्यसमितिद्वारा संविधान दिवसमा विचार गोष्ठी कार्यक्रम सम्पन्न

दाङ । संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसले लमहीमा बिचार गोष्ठी शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस लमही नगर कार्यसमिति देउखुरीको आयोजनामा शनिबार कार्यक्रम भएको हो । “वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्व” विषयक विचार गोष्ठीमा पार्टीका विभिन्न तह–तहका नेताहरूले संविधानको महत्व, यसको कार्यान्वयनमा देखिएका चुनौती र मुलुकलाई स्थिरता दिलाउनुपर्ने विषयमा आफ्नो मन्तव्य व्यक्त […]

आज विविध कार्यक्रम गरि संविधान दिवस मनाइँदै

काठमाडौं । आज देशभर विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य साथ मनाइँदै छ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको […]

एमाले अध्यक्ष ओलीलाई १०औं हजार युवाको माझ सार्वजनिक गर्ने एमालेको तयारी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् । जेन–जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । देउवा र ओलीबाहेक अरु […]

दलका प्रतिनिधि मन्त्रिपरिषदमा राख्न राष्ट्रपतिले दिएको सुझाव:प्रधानमन्त्री कार्कीद्वारा अस्वीकार

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई दलका प्रतिनिधिसमेत राखेर मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव अस्वीकार गरेको बताएकी छिन् । बिबिसी नेपाली सेवासँगको कुराकानीका कार्कीले राष्ट्रपति पौडेलले दलका एक एक जना प्रतिनिधि राख्न सुझाव दिएको तर आफूले अस्वीकार गरेको बताएकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक […]

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो […]

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बानेश्वर प्रहरी वृत्तमा जाहेरी

बुटवल । जेनजी पुस्ताका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं काङ्ग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको […]

जेनजीद्वारा तोडफोड काङ्ग्रेस पार्टी कार्यालय लमहीको निरीक्षण,१८ लाखको क्षति

दाङ । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयलाई शनिबार निरीक्षण गरेको छ । यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो । दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]