Sidha Patra शनिबार, पुष ०५, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजीहरुलाई साथ लिएर रास्वपाले देश बनाउने बताएका छन् ।

अब देश निर्माणको जिम्मेवारी रास्वपाको काँधमा आएको उनको दावी छ । शनिबार आज चितवनमा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले रास्वपा २०८४ को निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला जेनजी पुस्ताले सरकारमाथि हस्तक्षेप गर्दै सत्ता समीकरण नै हल्लाइदिएको उल्लेख गर्दै त्यसलाई सकारात्मक संकेतका रुपमा लिएको बताए ।

‘हामी चुनाव कुरेर बसेका थियौँ,तर जेनजीले बीचमै सरकारलाई तागत देखाइदियो,’उनले भने । देशको वर्तमान संरचना जलेको जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै उनले राज्यले नागरिकका सपना खोसिरहेको टिप्पणी गरे । ‘सिंहदरबार पनि बनाउँला,न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ?’ उनले प्रश्न गरे, ‘म भन्छु, हामी बनाउँछौँ। जेनजीको साथ बोकेर अब देश बनाउन हामी लाग्छौँ,रास्वपा लाग्छ ।’

त्यस्तै उनले जेनजी पुस्ताका युवायुवतीसँगै अब आफू पनि देश निर्माणको यात्रामा थपिएको उल्लेख गर्दै राजनीतिक परिवर्तनको नेतृत्व नयाँ पुस्ताले गर्ने संकेत गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]