
Lnp
Jns
Ggp
Asb
Dus
Usb
ksb
Rgp
Sgp
Rgp
Ggp
Lks
Rgp
Rgp
lnp

lms

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार आज भेटवार्ता भएको छ ।
महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।
