
Ddhbs
Nssbus7
Jsbus
syysr
Bksbus5
Ratbs
Pbu
Rbs
gms
Amb
Syees
Gsbus
Ssbus
Gsl
Csbus
dsbus

Tsm
Pvg
Sls
Ksm
Rgs
Asm
nsb
Ssm
Rsb
Vor
Hal
Wsp
Rgu
Sbs
Ggd
Rgu
Bbu
Bbbpu
Gst

Abd
Jmb
sab
Rmb
Jmb
Syp
bbt
Gsb
Rpp
Bml
Ptm
Pls
Mks
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ ।
शनिबार अज दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने,वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए । तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।
यस्तै बैठक स्रोतका अनुसार,पार्टीको नाम र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ । रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए । जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ ।
त्यस्तै पार्टी निर्णयहरु सार्वजिनक गर्दै सो पार्टीले सहअस्तित्वको विषयलाई मुख्य बुँदा बनाएको छ ।‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको आवस्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनितीक दललाई आह्वान गर्ने निर्णय गरियो,’ पार्टी निर्णयमा भनिएको छ । घिसिङले आजैमात्र काठमाडौं आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका थिए ।अनलाइनखबर
