Sidha Patra सोमबार, पुष १४, २०८२

दाङ । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुई पटक सम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसैगरी लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको अन्तिममा छन् । सिफारिसमा परेका अन्यमा सुदन प्रसाद खनाल,अमर कुँवर,नव युवाबाट विनोद कुमार सोनी,दीपा रोकामगर र लुमबहादुर कार्की छन् ।

त्यसैगरी दाङ क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) छन् । यसैगरी युवाबाट कविराज केसी, खिमबहादुर चौधरी, युवाबाटै गिरबहादुर महरा र मिना बुढा चौधरी पनि दुई नम्बर क्षेत्रबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा शर्मा भने यसपटक सिफारिसमा परिनन् ।

यस्तै क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिस भएका छन् । यसैगरी मधुकर रिजाल,पुनम शेरपाईली,अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी,वाईसीएल अध्यक्ष पुष्प वली पनि क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् । अन्यमा विरेन्द्र विक,विप्लव वली,गोपाल वली, हरिश गिरी पनि सिफारिस भएका छन् । पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]