
Ddhbs
Nssbus7
Ssbus
gms
Gsbus
Bksbus5
Syees
syysr
Pbu
Gsl
Ratbs
Jsbus
Rbs
Amb
Csbus
dsbus

Rgs
Sbs
Bbu
Ssm
Gst
Ggd
Bbbpu
Rsb
Sls
Pvg
Tsm
Hal
Wsp
Ksm
Rgu
Rgu
Asm
Vor
nsb

bbt
Mks
sab
Bml
Rpp
Jmb
Gsb
Abd
Ptm
Rmb
Jmb
Syp
Pls
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ ।
आइतबार आज भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेन शाह अघि सारिने भएको छ ।
रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो । पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण,नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः यो सहमतिमा पुगिएको हो ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन,विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।
सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने,योग्य,समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरुलाई जिम्मेवारी दिइने उल्लेख छ । साथै,राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त,नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति,समूह तथा व्यक्तिहरुलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ ।
