
ksb
Sgp
Dbs
Pbu
Rgp
Dus
Rgp
Rgp
Asb
lnp
Lnp
Rgp
Ggp
Lks
Jns
Ggp
Usb
दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अवमूल्यन गरेको टिप्पणी गर्नु भएको छ । संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणी गर्नु भएको हो ।त्यस्तै आर्थिक,सामाजिक, भौतिक विकाससँगै सुशासन कायममा ध्यान दिने भन्दा […]
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका,३ गोलपार्क,बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गर्नु भएको छ । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल,मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । यस्तै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ […]
दाङ । जातिय समता समाज राजपुर गाउँपालिकाको पालिका स्तरीय कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ । जातीय समता समाजका दाङ जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ४ का अध्यक्ष राज कुमार विश्वकर्मा (कमल) को अध्यक्षता तथा अखिल छैठौं राजपुर समितिका अध्यक्ष संगीता विश्वकर्माको सञ्चालन र गणेश नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको भेलालाई प्रमुख […]
काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । बगणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । त्यस्तै रोल्पाको होलेरी,रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको […]
काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । यस्तै बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भन्नु […]
दाङ । वडा वडामा सभा टोल टोलमा कमिटी अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ७ मा बिहीबार राजमोको नयाँ समिति निर्माण भएको छ । गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं । विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णयअनुसार गढवा गाउँपालिका वडा नं ७ को वडा […]
काठमाडौं । प्रचण्ड र माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । त्यसैगरी राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उहाँकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीन भवन स्थित अपराध महाशाखाको कार्यालयमा पुग्नु भएको हो । […]
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उहाँकै घरबाट पक्राउ गरेको छ । त्यस्तै यस अघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गर्नु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्ड र माधव […]