Sidha Patra आइतबार, भाद्र ०६, २०७८

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ ।

मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु हुन्छ ।

तर पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका छ । स्थानीय अधिवेशन गर्न १२ दिन मात्र बाँकी हुँदा पनि क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिले पाएको छैन ।

क्रियाशील सदस्यता कुर्दा अधिवेशन कार्यतालिका नै प्रभावित हुने भएपछि अन्य तयारी अगाडि बढाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । ‘हामीले अहिलेसम्म क्रियाशील सदस्यताको सूची पाएका छैनौं । तैपनि तोकिएकै समयमा अधिवेशन गर्न सकियोस् भनेर अरु कामलाई अगाडि बढाएका छौं,’ उनले भने ।

निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र छपाईको काम शुरु गरिसकेको छ ।

करिव आठ हजारप्रति निर्देशिका, नियमावली र विधान छपाईको काम भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख भन्दा बढी प्रमाणपत्र छपाईको काम पनि भइरहेको निर्वाचन समितिले जनाएको छ ।

साउन ३० को केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ सम्म टुंग्याउने र भदौ ३ गते सभापतिलाई बुझाउने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले भदौ १ सम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने निर्णय गरेको थियो । भदौ १० सम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो ।

निर्वाचन समितिका अनुसार अब भदौ १४ सम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाइसक्ने तयारी छ । ‘समयमै जिल्लामा कसरी कागजात पुर्‍याउने र त्यहाँबाट वडातहमा कसरी वितरण गर्नेबारे अहिले हामी छलफलमा छौं,’ समितिका एक सदस्यले भने, भौगोलिक विकटता भएका क्षेत्रमा समयमै मतदान अधिकृत खटाउनुपर्ने र कागजात पुर्‍याउनुपर्ने चुनौती हामीलाई छ ।’

निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतमा केन्द्रबाट नै प्रतिनिधि खटाएको छ । जिल्ला अधिकृतका रुपमा कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) का प्रतिनिधि खटाएको छ भने मतदान अधिकृतमा शिक्षक संघका प्रतिनिधिलाई खटाउने तयारी भइरहेको समितिले जनाएको छ ।अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]