महानगरीय ट्राफिक अस्तव्यस्त, सार्वजनिक गाडीलाई चक्रपथभित्रमा छिर्न दिइएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । त्यस्तै महानगरीय ट्राफिक महाशाखा,रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको […]

ओली समूहले काठमाडौंमा आमसभा गर्दै,तीन लाख मानिस उतार्ने दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल र नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप शुक्रबार काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । त्यस्तै प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको आमसभा काठमाडौंको नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँने भएको छ । यस्तै आमसभाका लागि दरबार अगाडिको सडक खालि गरिएको छ भने जनसभामा तीन लाख बढी […]

प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा

काठमाडौं । प्रचण्ड-माधव नेकपा समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । यस बाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको […]

वडामा सभा,टोल टोलमा कमिटीअन्तर्गत राजपुर-७ मा राजमोको समिति निर्माण

दाङ । गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं,विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णय अनुसार राजपुर गाउँपालिका वडा नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सोमबार गोठुवामा सम्पन्न भएको छ । दिल बहादुर घर्तीको अध्यक्षता र दिनेश रैदासको सञ्चालनमा रणबहादुर बुढाको (शुशिल) स्वागत मन्तव्यबाट […]

सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्या दायर

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । सोमबार अधिवक्ता समिर हायुले मुद्दा दायर गर्नु भएको हो । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी रहेकोे छ । त्यस्तै सर्वोच्च अदालतमा […]

रुकुममा विप्लव निकटका ५ जना विद्यार्थी नेता पक्राउ

रुकुम । रुकुममा नेत्रविक्रम चन्द (विप्लव) समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन जिल्ला अध्यक्ष त्रिबेणी गाउँपालिका वडा नं. २ बेतखोलाका २४ बर्षीय प्रेम बहादुर बोहोरा (प्रशान्त) रहेका छन् । त्यस्तै सोहि गाउँपालिका वडा नम्वर ९ का १६ बर्षीय नविन वली,मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने […]

अध्यक्ष प्रचण्ड र नेपाल संसद विघटनविरुद्ध जारी धर्नामा सहभागी

काठमाडौं ।  संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनु भएको छ । धर्नामा नारायणकाजी श्रेष्ठ,अष्टलक्ष्मी शाक्य,पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो । यस्तै संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र […]

संसद विघटन मुद्दामा भोलिदेखि सरकार पक्षको बहस सुरु हुने

काठमाडौं । संसद विघटन सम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदक तर्फको बहस सकिएको छ । आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको हो । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराउनु भएको छ । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री […]

संसद विघटनको विरोधमा जसपाले वडा तहसम्म विरोध गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]