मानवअधिकार आयोगको टोली रामकुमारी पक्राउबारे बुझ्न अपराध महाशाखामा

काठमाडौं । प्रचण्ड र माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । त्यसैगरी राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उहाँकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीन भवन स्थित अपराध महाशाखाको कार्यालयमा पुग्नु भएको हो । […]

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ झाँक्री प्रहरीद्वारा पक्राउ

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उहाँकै घरबाट पक्राउ गरेको छ । त्यस्तै यस अघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । […]

प्रचण्ड र माधवको निर्वाचन आयोगको अदालतलाई खबरदारी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गर्नु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्ड र माधव […]

भागरथि बलात्कार हत्यारालाई कारबाहीको माग राख्दै दाङमा विरोध प्रदर्शन

दाङ । बैतडीकी किशोरी भागरथि भट्टको बलत्कारी र हत्यारालाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) दाङले घोराहीको तुलसीपुर चोकमा विरोधसभा सम्पन्न गरेको छ। आज सम्पन्न भएको विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै अखिल छैठौं केन्द्रीय सदस्य खगेन्द्र विष्टले निर्मला पन्त र भागरथि भट्टको बलात्कारीलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको […]

सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गर्दै

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन,प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक,युट्युब,अनलाइन जस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका,२०७७ […]

राजपुर ७ भैसाहीका खड्का नेका परित्याग गरेर राजमोमा प्रवेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट गाउँ भैसाही नाकामा विगत लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशीलभई आउनु भएका युवा नेता हरिबहादुर खड्का मंगलबार राष्ट्रिय जनमोर्चा पार्टीमा प्रवेश गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा कार्यालय दाङमा एक सङ्क्षिप्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नु भएको हो । उक्त […]

आज निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैहुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । यस्तै प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानू भएको थिएन । उहाँ आज बिहान ११ बजे […]

विघटित संसदको पुन:स्थापना माग गर्दै राजपुरमा राष्ट्रिय जनमोर्चाको विरोध

दाङ । विघटित संसदको पुनस्थापना गरौं संघियताको विरोध गरौं,गणतन्त्र ,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ भन्ने मुल नाराका साथ राजमो राजपुर एरिया कमिटीको आयोजनामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा विरोधसभालाई सम्बोधन गरदै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष तथा पूर्व संविधानसभाका माननीय सभासद रश्मिराज नेपालीले […]

राजपुरमा राजमोको वडा कमिटी गठन कमिटीद्वारा जेष्ठ नागरिकलाई सम्मान

दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]