
Jas
Csbus
Ssbus
Ddhbs
Bbs
Syees
gms
Rbs
Jas
Nssbus7
Skbss
Gsl
Amb
Bsbus
Jsbus
Gsbus
dsbus
Bksbus5
Ratbs
Jsbus

Wsp
Rgs
Sbs
Rsb
Sls
Bbbpu
Ssm
Ksm
Bbu
Pvg
nsb
Hal
Vor
Rgu
Asm
Rgu
Gst
Ggd
Tsm

Pls
Mks
Abd
Syp
Rpp
Rmb
Jmb
sab
Jmb
Ptm
bbt
Bml
Gsb
दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो । आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहबाट एक–एक भलिवल टिमले सहभागीता जनाउन पाउनेछन् ।
