दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो । आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहबाट एक–एक भलिवल टिमले सहभागीता जनाउन पाउनेछन् ।