
Pbu
Jas
Bbs
Skbss
bdsbn
Ssbus
Ddhbs
Jsbus
Jsbus
dsbus
Bbs
Rbs
Csbus
Gsl
Jas
Gsbus
Bsbus
gms
Bksbus5
Nssbus7

Ssm
Gst
Bbu
Rsb
Bbbpu
Asm
Rgu
Ksm
Rgu
Wsp
Hal
Tsm
nsb
Sls
Rgs
Sbs
Ggd
Vor
Pvg

sab
Rpp
Gsb
bbt
Rmb
Jmb
Mks
Ptm
Syp
Abd
Pls
Bml
Jmb
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताउनु भएको छ ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताउनु भयो ।
राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै । तर यो राप्रपाको जीवनमा सधैं सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौं ।’ थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई उहाँले आह्वान समेत गर्नु भएको छ । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा आफू विश्वास रहेको बताउनु भयो ।
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह पनि गर्नु भयो । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गर्नु भयो । थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको बताउनु भएको छ ।
