नेपालले अब राति पनि काम गर्नेछ-काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माफाइल तस्बिर

तनहुँ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् । दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् । उनले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ । जे जति राम्रा काम भए […]

निर्वाचनपछि बलियो सरकार बन्छ: रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिकावडा नम्बर – ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका हुन् । यसअघि सरकारमा […]

प्रतिनिधिसभाका लागि १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख बढी मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन […]

भागेको हेलिकोप्टर सिंहदरबारमा ल्यान्ड भए लोकतन्त्रलाई खतरा:लामिछाने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा मतदान मात्र नभई मतक्रान्ति गर्न आह्वान गरेका छन् । शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर जान नदिन निर्वाचनमा साथ दिन आग्रह गरे। यसपटकको निर्वाचन सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै लामिछानेले भने, ‘यसपटक सिंगो देश जागेको छ, सिंगो देशले मतदान होइन, मतक्रान्ति […]

दाङको विकासमा अग्रणी भूमिका खेल्ने काङ्ग्रेस नेता-योगेन्द्र चौधरी

दाङ । यतिबेला देश चुनावमय बनेको छ । जनताको मत पाएर निर्वाचित बनेका केही राजनीतिक दलका उम्मेदवारहरू फेरि जनताको आँखामा छारो हाल्ने प्रयाससहित मैदानमा उत्रिएका छन् । कसैले टिनको छाना हामीले दिएका हौं भनेर जनतालाई ढाटिरहेका छन् भने कसैले सामाजिक सुरक्षा भत्ता हाम्रै पालामा भएको हो अझै बढाइदिन्छौं भनेर जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । […]

दाङ बासीलाई विश्वप्रकाशको प्रश्न– ०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्‍याउने ?

दाङ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । बुधबार घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै शर्माले यस्तो बताएका हुन् । “०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्‍याउने ?,” उनले प्रश्न गर्दै भने, “किनकि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिबाट […]

प्रतिनिधि सभा सदस्य चुनावका लागि करोड ५३ लाख मतपत्र छपाइ सकियो

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो । हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको चुनावका लागि […]

काङ्ग्रेस उम्मेदवार योगेन्द्र चौधरीद्वारा लमही अस्पतालका बिरामीसंग भेटघाट

दाङ । नेपाली कङ्ग्रेसका सह-महामन्त्री तथा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार योगेन्द्र चौधरीले लमही अस्पतालका बिरामीहरुसँग भेटघाट गरेका छन् । भेटका क्रममा उनले बिरामीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै अस्पतालबाट प्रदान हुँदै आएका सेवाहरुको अवस्था बारे जानकारी लिएका थिए । उनले बिरामीका आफन्तहरुसँग पनि छलफल गर्दै उपचारका क्रममा कुनै किसिमको समस्या परेमा आफूलाई सम्झिन आग्रह गरेका छन् […]

ओली मतदातासंग भेटघाटमा व्यस्त,‘पैसा भेटिएको’ भिडियो एआईबाट बनाइएको दाबी

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त छन् । त्यस्तै उनले कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरिरहेका छन् । यसै क्रममा स्थानीय मोहन बाबु शेर्माले देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा प्रश्न गरेपछि अध्यक्ष ओलीले त्यसलाई एआई (Artificial Intelligence) प्रविधिबाट बनाइएको भ्रामक सामग्री भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]