
Bksbus5
Ratbs
Nssbus7
Pbu
Ssbus
gms
Jsbus
Gsl
Rbs
Ddhbs
Csbus
Amb
dsbus
Gsbus

Rgu
Ksm
Bbu
Pvg
Bbbpu
Sbs
Wsp
nsb
Rgs
Sls
Ggd
Rsb
Hal
Tsm
Vor
Asm
Gst
Ssm
Rgu

Pls
Gsb
Bml
Syp
Abd
Rmb
bbt
Ptm
sab
Mks
Jmb
Rpp
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार आज प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए ।
त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।
