सरकारको नीति कार्यक्रम राष्ट्रपतिद्वारा पेश गर्न सुरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेका हुन् । त्यस्तै गत फागुनमा भएको चुनावबाट रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि पहिलोपटक बजेटका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो।

लमहीमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दाङ । देउखुरीको लमहीमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार आजदेखि शुरु भएको छ । लमही नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको लमही नगरप्रमुख जोगराज चौधरीले बिधिवत उद्घाटन गरेका हुन् । प्रतियोगितामा पहिलो हुने समुहले ५०/५० हजार र दोस्रो हुने समुहले २५/२५ हजार नगद सहित सिल्ड, मेडल प्रमाणपत्र पाउने छन् […]

मुगुमा आफ्नै गाडीको चक्काले च्यापिएर सह-चालक खड्काको मृत्यु

मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै गाडीको चक्काले च्यापिएर सह चालकको मृत्यु भएको छ । नाग्म – गमगडी सडक खण्ड अन्तर्गत पर्ने छायानाथ रारा नगरपालिका ८ सल्लेरीबाट २४ जना यात्रु बोकि जुम्लातर्फ जाने क्रममा जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ बर्ष २९ का राजेन्द्र खड्का बस मुनि च्यापिएर मृत्यु भएको हो । जुम्ला जिल्ला पातारासी […]

प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट लुम्बिनी प्रदेशले प्राप्त गर्‍यो ६ पदक

दाङ । प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०८३ मा लुम्बिनी प्रदेशले ६ पदक जित्न सफल भएको छ । झापा जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी ९ जना खेलाडीमध्ये ६ जना खेलाडीले पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा किरण घलेले रजत पदक जितेकी छिन् । त्यस्तै,प्रतियोगितामा अन्जना विष्ट, शारदा केसी, नवराज बस्नेत, […]

नेपाली काङ्ग्रेस सुदूरपश्चिमको भेलाले गर्‍यो १५ बुँदे संकल्प

धनगढी । नेपाली काङ्ग्रेसको सुदूरपश्चिम भेलाले १५ बुँदे संकल्प गरेको छ । दुईदिने प्रदेशस्तरीय भेलाले १५ बुँदे संकल्प गरेको हो । काङ्ग्रेसले स्थानीय तहको बजेट ल्याउँदा यथार्थपरक,तथ्यमा आधारित र परिणाममुखी बनाउने संकल्प गरेको छ । संकल्पहरु: १. संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य […]

सातामा दुई दिन विद्यालय बन्द:अभिभावकको गुनासो बढ्दो,स्थानीय सरकार मौन

दाङ । दाङसहित देशका विभिन्न स्थानीय तहमा सातामा दुई दिन विद्यालय बन्द गर्ने अभ्यास बढ्दै गएपछि अभिभावकहरुबाट गुनासो आउन थालेको छ । विशेषगरी शनिबारसँगै आइतबार पनि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । शिक्षा क्षेत्र स्थानीय सरकारको अधिकारभित्र पर्ने विषय भए पनि धेरै स्थानीय तहहरु यस विषयमा स्पष्ट […]

अदालतको आदेशपछि पनि सुकुम्बासी बस्तीमा डोजर चल्नु गलतःरवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’ त्यस्तै,अहिलेपनि […]

घोराही खानेपानीको अध्यक्षमा धुव्र केसी विजय

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा धुव्र केसी अत्यधिक मतका साथ निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न भएको निर्वाचनमाबाट केसीले २५९३ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईका अनुसार उनका प्रतिद्वन्दी किशोर आचार्यले ६८० मत प्राप्त गर्नु भएको छ भने अर्का उम्मेदवार […]

श्रावण १ गतेदेखि लमही वितरण केन्द्रका विद्युत महसुल काउन्टर बन्द हुने

दाङ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीले आउँदो २०८३ साल श्रावण १ गतेदेखि कार्यालयमा सञ्चालन हुँदै आएका विद्युत महसुल बुझ्ने काउन्टर बन्द गर्ने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै उक्त मितिदेखि सम्पूर्ण सेवाग्राहीहरुले अनलाइन माध्यमबाट मात्रै विद्युत महसुल भुक्तानी गर्नुपर्ने जानकारी दिएको हो । प्राधिकरणका अनुसार अब सेवाग्राहीहरुले मोबाइल बैंकिङ, ई–सेवा,खल्ती,आईएमई पे लगायतका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]