
Pbu
Ggp
Sgr
cjs
Rgp
Unsku
Gfs
sbs
Rgp1
Djs
Srbpu
Pes
pku
Lnp

Ksm
Sbs
Ssm
Gst
Bbu
Ggd
Sls
nsb
Rgu
Rgu
Wsp
Pvg
Tsm
Hal
Asm
Bbbpu
Rsb
Rgs
Vor

Ptm
Gsb
Mks
Rpp
Pls
Jmb
Bml
Jmb
Abd
Rmb
bbt
Syp
sab
मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै गाडीको चक्काले च्यापिएर सह चालकको मृत्यु भएको छ । नाग्म – गमगडी सडक खण्ड अन्तर्गत पर्ने छायानाथ रारा नगरपालिका ८ सल्लेरीबाट २४ जना यात्रु बोकि जुम्लातर्फ जाने क्रममा जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ बर्ष २९ का राजेन्द्र खड्का बस मुनि च्यापिएर मृत्यु भएको हो ।
जुम्ला जिल्ला पातारासी गाउपालिका ७ पटमारा बस्ने बर्ष ४३ का शक्ति सिंह थापाले चलाएको क.प्र.०२ –००१ ख ०९८६ नं मिनि बस रोकि रहेको अवस्थामा साइड दिने क्रममा उक्त बसको चालकले थाहा नपाई गाडी ब्याक गर्ने क्रममा सहचालकलाई अगाडिको चक्काले च्यापिन गई घाईते भएका थिए ।
यस्तै,तत्काल उपचारको लागी २ बजे जिल्ला अस्पताल ठिनी पुर्याउदा जिल्ला अस्पताल मुगुका डा.निर्मल नगरकोटीले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए । उनका अनुसार चालक र गाडी जिल्ला प्रहरी कार्यालय मुगुको नियन्त्रणमा रहेको बताए ।
त्यस्तै,उक्त मृत शब अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम भई सकेपछि आफन्तलाई बुझाइने उनको भनाई रहेको छ ।
