
Rgp1
cjs
Sgr
Pes
Lnp
Gfs
sbs
Djs
pku
Srbpu
Ggp
Rgp
Pbu
Unsku

Gst
Sls
Bbu
Ggd
Rgu
Vor
Ssm
Hal
Rgs
Ksm
nsb
Tsm
Pvg
Wsp
Rsb
Sbs
Asm
Rgu
Bbbpu

Rmb
Rpp
Gsb
Bml
Syp
Jmb
Mks
bbt
Ptm
Pls
Abd
Jmb
sab
दाङ । लामो समयदेखि घोराहीमा बसेर पत्रकारिता,साहित्य एवं सामाजिक अभियानहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका छन् ।
घोराही बनाउ अभियानका संयोजक समेत रहेका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरु अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहेका छन् । यहीँ क्रममा उनले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
घोराही र तुलसीपुर मिलाएर महानगर बनाउने चर्चा चलेपछि घोराही निबासी सबिन प्रियासनले महानगर वा उपमहानगर भएपनि आफ्नो उम्मेदवारी फिक्स रहेको बताएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन् -`चाहे महानगर होस,यात उपमहानगर मेरो उम्मेदवारी फिक्स हो ।’
त्यस्तै,प्रियासनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेपछि यो कुरा भाइरल नै बनेको छ । उनले पोस्ट गरेको भनाइमा सयौं व्यक्तिले सकारात्मक कमेन्ट गर्दै शुभकामना समेत दिएका छन् । प्रियासन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रहेका छन् ।
उनि नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष हुँदा दाङलाई आवश्यक परेका विषयवस्तुमा बलियो तरिकाले आवाज उठाउनुका साथै ती योजनाहरुलाई सार्थक बनाएका थिए । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरेका प्रियासनले लेख रचना मार्फत दाङलाई कस्तो बनाउने भन्ने अवधारणाहरु पनि सार्वजनिक गरिरहेका छन् ।
यस विषयमा उनिसँग प्रतिक्रिया लिँदा प्रियासनले भने – म दाङ बनाउन धेरै अघिदेखि नै लागि परेको छु । अब नेतृत्वमै गएर केही गर्ने सोच छ । जनताले जिताउनु भएछ भने म उहाँहरुलाई निराश हुन दिने छैन । दाङलाई नेपालमै अब्बल बनाउनको लागि सृजनशील योजना सहित काम गर्नेछु।
