
Rgp1
Srbpu
Gfs
Pes
pku
Pbu
Djs
Ggp
cjs
sbs
Rgp
Unsku
Sgr
Lnp

Ksm
Gst
Asm
Bbbpu
Hal
Sbs
Rgu
Vor
Ssm
Pvg
Rgu
Rsb
Wsp
Ggd
Tsm
Rgs
Bbu
Sls
nsb

bbt
Jmb
Pls
Abd
Bml
Mks
Jmb
Rmb
Ptm
sab
Rpp
Gsb
Syp
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा धुव्र केसी अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।
संस्थाको आज सम्पन्न भएको निर्वाचनमाबाट केसीले २५९३ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईका अनुसार उनका प्रतिद्वन्दी किशोर आचार्यले ६८० मत प्राप्त गर्नु भएको छ भने अर्का उम्मेदवार सुमन शर्माले १५५ मत प्राप्त गरेका छन् । त्यसैगरी धुव्र केसीकै प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भरतमणी पान्डे निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा खुमा कुमारी खड्का निर्वाचित भएकी छिन् । खड्का किशोर कुमार आचार्य प्यानलका हुन् ।
यस्तै संस्थाको सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टिकाराम वली विजयी भएका छन् । यस्तै खुल्ला सदस्यहरुमा नविन पोख्रेल, निरज कुमार कार्की र चुर्ण बहादुर वली निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै महिला सदस्यहरुमा विन्दु पाण्डेय,उसा सुवेदी थापा र रेखा न्यौपाने विजयी भएका छन् ।
त्यस्तै संस्थाको महिला उपाध्यक्ष बाहेक अन्य सबै पदाधिकारीमा अध्यक्ष धुव्र केसी नेतृत्वको प्यानल विजयी भएको छ । संस्थाको ८०४९ जना मतदाता रहेकोमा हिजो भएको निर्वाचन भएको थियो । हिजो भएको मतदानमा ३६७३ मत खसेको थियो भने आज मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
