
Sgr
Unsku
Pbu
Rgp
Srbpu
Gfs
Lnp
Pes
Djs
Ggp
Rgp1
pku
cjs
sbs

Rgu
Asm
Rsb
Ggd
Bbu
Sbs
Tsm
Gst
Pvg
Sls
Rgu
Ssm
nsb
Ksm
Bbbpu
Wsp
Vor
Hal
Rgs

Rmb
Ptm
Pls
Jmb
Mks
bbt
Gsb
Abd
sab
Bml
Syp
Rpp
Jmb
दाङ । प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०८३ मा लुम्बिनी प्रदेशले ६ पदक जित्न सफल भएको छ ।
झापा जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी ९ जना खेलाडीमध्ये ६ जना खेलाडीले पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा किरण घलेले रजत पदक जितेकी छिन् ।
त्यस्तै,प्रतियोगितामा अन्जना विष्ट, शारदा केसी, नवराज बस्नेत, अनमोल मल्ल र साकारकुमार महतराले काश्य पदक जित्न सफल भएका थिए । साकारकुमार महतराले पुम्सेतर्फ सहभागी भएर काश्य पदक जितेका हुन् । प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङका तीन जना खेलाडी लुम्बिनी प्रदेशबाट सहभागी भएका थिए । प्रतियोगितामा सहभागी भएका किरण घलेले रजत तथा शारदा केसी र अन्जना विष्टले काश्य पदक जित्न सफल भएका हुन् ।
यस्तै,प्रतियोगिताका विजेतालाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ प्रमुख एवं प्रशिक्षक सुनिता विष्ट लुम्बिनी प्रदेशको रेफ्रीको भूमिका रूपमा सहभागी भएकी थिइन् । टिम कोचको भूमिकामा तुलसीपुर कालाखोला डोजाङ प्रमुख बालाराम परियार रहेका थिए ।
त्यस्तै,प्रतियोगितामा आयोजकसहित सात प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको बिभागिय टिम एपिएफको सहभागी रहेको थियो । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम, एपिएफ दोस्रो र बागमति प्रदेश तेस्रो भएका थिए । प्रथम बनेको त्रिभुवन आर्मी क्लबले नगद ५० हजार, दोस्रो बनेको एपिएफले ३५ हजार र तेस्रो बनेको बागमति प्रदेशले २५ हजार नगदसहित मेडल र ट्रफि जितेका थिए ।गोरक्षराष्ट्रिय दैनिक
