
Ssb
Csb
mss
gis
Ppu
Gsb
Rsb
दाङ । देउखुरीको लमहीमा एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति भएको छ । मंगलबार रातीदेखि लगातार परेको बर्षातले लमही नगरपालिका वडा नम्बर ४ शान्तिनगर स्थित महेन्द्र राजमार्गको उत्तर तर्फमा रहेको ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा सो क्षति भएको हो । उक्त ड्येप्ली संचालक पुष्पा बाँठा मगरका अनुसार आफू दशैको टीका थाप्न घर गएको […]
दाङ । लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिएका छन् । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो । राप्ती […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छिन् । बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजाेर ५१ मिनेटमा टीका ग्रहण गरेकी हुन् ।राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेरहेकी छिन् । […]
काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष […]
दाङ । देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही […]
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। त्यस्तै खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी […]
काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]
दाङ । विगतका वर्षहरुमा चाडपर्वहरु आउदा निराश हुने राप्ती गाउँपलिकाका अति बिपन्न,बेसाहारा र शहिद परिवारहरु यस वर्षको चाडपर्वमा भने निकै हर्षित भएका छन्। प्राय दैनिक हातमुख जाेर्न समेत मुस्किल हुने उनीहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट उनीहरूकै घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयाेग गरेपछि उनीहरू हर्षित भएका हुन्।दैनिक गुजरा चलाउन धाै-धाै […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारी साधनमाहरुमा (टाइम-कार्ड) लागू गरेको छ । दशै चाडपर्व सुरु भएपछि सवारी साधनको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए । दुर्घटना न्यूनीकरणका लागि […]