Sidha Patra मंगलबार, आश्विन १८, २०७९

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ ।

बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ । नवौं दिनमा सिद्धिदात्री देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने विश्वास रहेको पाइन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै घरघरमा महानवमी पर्व मनाउने परम्परा छ । यो दिन सिद्धिदात्री देवीलाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यो दिन घरमा कन्या पूजा गर्नुको पनि ठूलो महत्व रहेको छ । यसले घरमा सुख समृद्धि र खुशीको वास हुन्छ ।

यस दिन घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने आजको दिन आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला र जटा नरिवलको बलि दिने परम्परा रहेको छ ।

यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ । सिद्धिदात्रीको स्मरण,ध्यान,आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्‍याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।

नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । जस मध्य आजको दिन नव दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको विधिविधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ।

त्यस्तै आजको दिन काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी,दक्षिणकाली, कालिकास्थान, शोभाभगवती,तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । त्यसैगरी नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]