
Rgp1
Djs
Rgp
pku
sbs
Ggp
Unsku
Pbu
Srbpu
Lnp
Gfs
Pes
Sgr
cjs

Rgu
Rgu
Vor
Hal
Ksm
Ggd
Rsb
Gst
Sls
Wsp
nsb
Ssm
Sbs
Tsm
Rgs
Pvg
Bbbpu
Asm
Bbu

Gsb
Abd
Rpp
sab
Mks
bbt
Ptm
Syp
Jmb
Rmb
Jmb
Pls
Bml
काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ ।
बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ । नवौं दिनमा सिद्धिदात्री देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने विश्वास रहेको पाइन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै घरघरमा महानवमी पर्व मनाउने परम्परा छ । यो दिन सिद्धिदात्री देवीलाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यो दिन घरमा कन्या पूजा गर्नुको पनि ठूलो महत्व रहेको छ । यसले घरमा सुख समृद्धि र खुशीको वास हुन्छ ।
यस दिन घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने आजको दिन आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला र जटा नरिवलको बलि दिने परम्परा रहेको छ ।
यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ । सिद्धिदात्रीको स्मरण,ध्यान,आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।
नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । जस मध्य आजको दिन नव दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको विधिविधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ।
त्यस्तै आजको दिन काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी,दक्षिणकाली, कालिकास्थान, शोभाभगवती,तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । त्यसैगरी नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
