Sidha Patra मंगलबार, आश्विन १८, २०७९

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।

त्यस्तै खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी -३ नौघाटदेखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन । घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’

यस्तै अहिले उक्त बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]