
Ppu
smb
jmb
gms
jms
Ssbus
sks
Gsbus
Bpb
Asm
Ddh
Sys
Rus
Rg-9

Ln7
Gg5
Ln1
Ln2
Asm
Ln3
Dps
Rys
Usb
cks
Gsb
Ln8
kbs
Gg1
Ln9
bmj
Hl1
Sbs
Ssb
Tsb

Jpb
Ksb
Gjl
Rgu
Nps
Sbs
Sml
Gg6
Jab
Sab
Gg3
Snk
Gg2
Rss
ptl
Bpb
Gg4
दाङ । लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिएका छन् । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो ।
राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राप्ती नदीको तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरे । निरन्तर बर्षा जारी रहेको र नदीको तल्लो तटियय क्षेत्रमा काठ दाउरा समात्न,निकाल्न जाने कार्य अति जोखिमपूर्ण भएकाले नदीको किनार छेउमा नजान समेत अनुरोध गरेका छन् ।
देउखुरीका विभिन्न क्षेत्र जलमग्न
लगातारको बर्षातका कारण दाङ सहित देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको हो । राप्ती नदी आसपासका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ ।
वर्षाको कारण लमही,राजपुर,गढवा,राप्ती लगायतका विभिन्न क्षेत्रहर जलमग्न भएका छन् । यता लमही नगररपालिका नगर प्रमुख जोगराज चौधरीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यसैगरी लमही नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले लगातार वर्षातका कारण कुनै क्षति भएमा तत्कालै लमही नगरपालिका विपद् शाखा ०८२–५४०८५०, नगर प्रमुख ९८५७८४२५५५, नगर–उपप्रमुख ९८५७८४२४४४ र प्रमुख प्रशासकीय अधिकृत ९८५७८३७१११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
