लुम्बिनीको ढोडहवामा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

दाङ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताए । उनले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा […]

राप्ती गाउँपालिकामा कृषकलाई माटो सुधार तथा विषादी प्रयोगसम्बन्धी सचेतना तालिम

दाङ । राप्ती गाउँपालिकाले कृषकहरुलाई लक्षित गर्दै माटो सुधार तथा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ । मंगलबार वडा नम्बर ५ पहरुवामा उक्त कार्यक्रम आयोजना गरिएको हो । यसअघि वडा नम्बर ६, ७ र ८ मा तालिम सम्पन्न भइसकेको छ भने बाँकी अन्य वडाहरुमा पनि क्रमशः सञ्चालन गरिने कृषि शाखा प्रमुख बरसाती […]

डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यहाँको आदर्श गाउँपालिका वडा नम्बर ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको […]

लमही नपाद्वारा पत्रकार सम्मेलनःजनउत्तरदायी सेवा प्रवाहमा दृढता

दाङ । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासो र युवा पुस्ताका प्रश्नहरूलाई आधार बनाएर लमही नगरपालिकाले सेवा प्रवाह, राजस्व व्यवस्थापन र विकास गतिविधिमा उल्लेखनीय सुधार गरेको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले सुनुवाइपछिका कार्यान्वयन अवस्था सार्वजनिक गर्दै जनउत्तरदायी शासनतर्फ आफू अग्रसर रहेको स्पष्ट पारेको हो । नगर प्रमुख जोगराज चौधरीले जनमतलाई सम्मान गर्दै नगरबासीको […]

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध १ अर्ब बढी कारोबार गर्ने ३ जना पक्राउ

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने […]

पछिल्लो १२ घण्टाको अन्तरालमा पश्चिम नेपालको दुई स्थानमा भुकम्पको धक्का

काठमाडौं । १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल केन्द्र गरी ४.१ म्याग्नीच्युडको भूकम्प गएको छ । यस्तै बिहान ३ः५१ बजे दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्। त्यस्तै चैत ३ […]

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माणलाई तीव्रता

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ । मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः,सर्वे सन्तु निरामयाः’भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिए । उनका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने […]

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्व पर्यटन सचिव सहित २१ जना र कम्पनीबिरुद्ध मुद्दा दायर

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोप सहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । उनका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ […]

अबदेखि राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार आज जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]