गढवा गाउँपालिकाबाट ४० क्विन्टल बेसार बागलुङ निर्यात, किसानलाई बजार सुनिश्चितता

दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थानीय किसानको कृषि उपज बजारीकरणलाई व्यवस्थित बनाउने पहलस्वरुप ४० क्विन्टल बेसार बागलुङ पठाउन थालेको छ । गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित ‘भिटा परियोजना’ सञ्चालनसँगै किसानले उत्पादन गरेको उपजलाई देशका विभिन्न स्थानमा बजार उपलब्ध गराउँदै आएको छ । सोही क्रममा गढवामा उत्पादन भएको बेसार श्री गढवा सामाजिक उद्यमी महिला सहकारी […]

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन विघटन

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार यस युनियन आजैदेखि भङ्ग भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरुमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ […]

नवलपरासी पश्चिमको दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका वडा नम्बर ४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ […]

सरकारले जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार आज बसेको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको […]

हुम्लामा प्रसुती गराउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर –४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए ।अनलाइनखबर

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १०,सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परेका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्ती गम्भीर घाइते […]

आज चैत्र शुक्ल नवमी:विधिपूर्वक रामनवमी पर्व मनाइँदै

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर भव्य साथ मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । […]

आज चैते दसैं पर्व,घर-घरमा नव दुर्गा भगवतीको पूजाआराधना गरि मनाइँदै

काठमाडौं । आज प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्वको अवसर घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । […]

पेट्रोलियम पदार्थको मुल्यवृद्धि,पेट्रोल,डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य फेरि वृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]