लमही होटल व्यवसायी समितिको स्थापना दिवसमा निलसागर सेवाश्रममा खाना वितरण

दाङ । लमही होटल व्यवसायी समितिको ७ औँ स्थापना दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीस्थित निलसागर सेवा आश्रममा आश्रित सडक मानव,वृद्ध,अपांग तथा अशक्त व्यक्तिहरुलाई सन्तुलित खाना वितरण गरिएको छ । मंगलवार आज समितिका सम्पूर्ण पदाधिकारी आश्रममै पुगेर खाना वितरण गरिएको हो । कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो […]

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने थप दुई जना पक्राउ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलीले काठमाडौँको रत्नपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको रानीबन बस्ने २९ […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए । त्यस्तै,उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले रातोपाटीलाई बताए […]

जबर्जस्ती भूमिहीन सुकुम्वासीको उठिवास नगर्न माग गर्दै लमही नगरपालिकामा ज्ञापनपत्र

दाङ । भूमिहीन सुकुम्वासी,अव्यवस्थित बसोवासी तथा मुक्त कमैयाको व्यवस्थापन नगरी जबर्जस्ती उठिवास नगर्न माग गर्दै भूमि अधिकार मञ्च लमही नगरपालिकाले लमही नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष सामसोन गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको […]

सरकारद्वारा एलपी ग्यास खरिदमा अर्बौं बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने रणनीति

काठमाडौं । आर्थिक वर्ष २०९२/०९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरे विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । त्यस्तै,ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले रणनीति तयार पारेर आमजनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने […]

कोहलपुर नगरपालिकाद्वारा अतिक्रमण गरिएका ७ सय बढी घरटहरा हटाइए

बाँके । कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको […]

वडासचिव भण्डारीलाई धम्क्याउने खड्का पक्राउ

काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । त्यस्तै,खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा […]

लमहीको बनघुस्रीमा प्राईम पावर कम्पनी स्थापनामा विवाद, किसानहरु विरोधमा उत्रिए

दाङ । देउखुरीको लमही नगरपालिका–७ बनघुस्री खुटी क्षेत्रमा निर्माणाधीन रहेको प्राईम पावर लिमिटेड (सोलार कम्पनी) स्थापना प्रक्रिया अहिले तीव्र विवादमा तानिएको छ । संस्कृत विश्वविद्यालय दाङको स्वामित्व रहेको भनिएको करिब ९ बिघा ७ कठ्ठा जमिनमा कम्पनी स्थापना गर्न प्रक्रिया अघि बढेपछि स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । स्थानीयको आरोप अनुसार आफूहरूले पुर्खौंदेखि जोतभोग गर्दै आएको […]

सर्वोच्च अदालतद्वारा सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा रोक

काठमाडौँ । नेपाल र भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो । त्यस्तै,भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]