
Ssb
Ksb
Tgp
Ksb
jsb
Nsb
Ksb
Rks
Ssb
Gsb
Ppu
Usb
Csb
Rsb
Bsn
काठमाडौँ । नेपाली काङ्ग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरुलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरुको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन’परिपत्रमा भनिएको छ,‘प्रदेश सभामा […]
काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले जिते ‘प्ले अफ’मा पुग्नेछ । काठमाण्डु ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।मंगलबार बसेको गाउँकार्यपालिका बैठकले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा समिति बनाएर ३० दिनभित्र आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको हो । समितिमा वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ३ का अध्यक्ष उमेश […]
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणसहितका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने […]
दाङ । गढवा गाउँपालिकामा हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र (RWDC) को साझेदारीमा सञ्चालित “स्वस्थ माटोका लागि पुनरुत्पादनशील कृषि परियोजना” अन्तर्गत डिजिटल जियो–कृषि सेवा औपचारिक रुपमा लागू गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा डिजिटल माध्यमबाट खरिद गरिएका कृषि सामग्रीहरुको वितरण गरिएको हो । अध्यक्ष […]
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले आज उधौली पर्व धुमधामका साथ मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा,सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरुले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरुले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको माग राख्दै समावेशी समाजको प्रवद्र्धनमा जोड दिदै दिवस मनाइएको हो । अपांगता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताको आवाज समेत उठाइएको थियो । लुम्बनी प्रदेशमा अपांगता भएका व्यक्तिहरुले हर्षोल्लासका साथ अपांगता दिवस मनाएका […]
काठमाडौँ । बैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ । कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र […]
दाङ । देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव बुधबार आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य तथा प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल र बुद्ध ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम […]