
Rgp
Ggp
Srbpu
Sgr
Rgp1
cjs
Unsku
sbs
Lnp
Pbu
pku
Djs
Pes
Gfs

Rgs
Bbbpu
Ssm
Hal
Rgu
Vor
Rsb
Ggd
Bbu
Tsm
nsb
Wsp
Rgu
Pvg
Asm
Sbs
Gst
Sls
Ksm

Syp
Jmb
Abd
Jmb
Gsb
Mks
Ptm
Pls
Bml
sab
Rmb
Rpp
bbt
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलीले काठमाडौँको रत्नपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको रानीबन बस्ने २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका घर भई हाल वनस्थली बस्ने २० वर्षीय अश्विन अधिकारी रहेका छन् ।
त्यस्तै,उनीहरुले ह्वाट्सएप र फेसबुक मेसेन्जरका विभिन्न समूहहरू सिर्जना गरी उत्तरसहितको प्रश्नपत्र बाहिर ल्याएर गोपनीयता भङ्ग गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको उजुरीका आधारमा ब्यूरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरुको संलग्नता खुलेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दलिप कुमार गिरीले जानकारी दिए ।
