
Rbs
Sds
Gmk
Mbdvs
Pbu
Anm
Gisld
mbd
Ksm

Rsb
Wsp
Rgs
Vor
Ksm
Bbu
Tsm
Rgu
Bbbpu
Sbs
Ggd
Gst
Hal
Sls
Pvg
Ssm
Rgu
Asm
nsb

Bml
Syp
bbt
Jmb
Rmb
Pls
Abd
Jmb
Ptm
Gsb
Rpp
Mks
sab
दाङ । भूमिहीन सुकुम्वासी,अव्यवस्थित बसोवासी तथा मुक्त कमैयाको व्यवस्थापन नगरी जबर्जस्ती उठिवास नगर्न माग गर्दै भूमि अधिकार मञ्च लमही नगरपालिकाले लमही नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
मञ्चका अध्यक्ष सामसोन गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक तथा सुरक्षित आवासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै वैकल्पिक व्यवस्था नगरी कुनै पनि नागरिकलाई उठिवास गर्नु मानवअधिकार र संवैधानिक हकको उल्लङ्घन हुने उल्लेख गरिएको छ ।
त्यस्तै,मञ्चले जिल्लाका विभिन्न स्थानमा सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी तथा मुक्त कमैयालाई जग्गा खाली गर्न सूचना जारी गरिएको र सार्वजनिक, पर्ती, ऐलानी तथा वन क्षेत्रमा बसोबास गर्ने परिवारलाई हटाउने निर्णयले त्रास सिर्जना गरेको जनाएको छ । ज्ञापनपत्रमार्फत कुनै पनि प्रकारको जबर्जस्ती उठिवास नगर्न, स्थानीय बासिन्दासँग समन्वय र परामर्श गर्न तथा वैकल्पिक सुरक्षित बसोबासको व्यवस्था नगरी उठिवास प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
यस्तै,भूमि समस्या समाधान आयोगले सुरु गरेको कामलाई निरन्तरता दिँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न पनि माग गरिएको छ । मञ्चले लमही नगरपालिका वडा नं. ७ वनघुस्री गाउँमा नापनक्सा तथा प्रमाणीकरण प्रक्रिया अगाडि बढिसकेको जग्गामा सोलार कम्पनीले संस्कृत विश्वविद्यालयको नाममा दाबी गर्दै स्थानीयलाई खेतीपातीबाट वञ्चित गराउने प्रयास भइरहेको आरोप लगाएको छ ।
बाह्य कम्पनीलाई भन्दा स्थानीयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न समेत माग गरिएको छ । त्यसैगरी वडा नं. ३ मा पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा प्रहरी बोर्डिङ र महेन्द्र बहुमुखी क्याम्पसको नाममा दर्ता गरिएको भन्दै स्थानीयलाई घरटहरा खाली गर्न दबाब दिइएको उल्लेख गरिएको छ । मञ्चले यस्तो कार्य तत्काल रोक्न तथा स्थानीयसँग छलफल र समन्वय नगरी गरिने उठिवासमा नगरपालिकाले सहयोग नगर्न आग्रह गरेको छ ।
त्यस्तै,वडा नं. ४ घुम्नामा १४ परिवार मुक्त कमैयाले बसोबास गर्दै आएको जग्गा जनता उच्च माध्यमिक विद्यालयको नाममा दर्ता गरिएको विषयमा छानबिन गरी उचित व्यवस्थापन गर्न पनि माग गरिएको छ । ज्ञापनपत्रमा व्यवस्थापनबिना जबर्जस्ती उठिवास गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नगरपालिका हुने चेतावनी समेत दिइएको छ ।देशसञ्चार
