शिबु खनाल/लमही मंगलबार, जेठ ०५, २०८३

दाङ । लमही होटल व्यवसायी समितिको ७ औँ स्थापना दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीस्थित निलसागर सेवा आश्रममा आश्रित सडक मानव,वृद्ध,अपांग तथा अशक्त व्यक्तिहरुलाई सन्तुलित खाना वितरण गरिएको छ ।

मंगलवार आज समितिका सम्पूर्ण पदाधिकारी आश्रममै पुगेर खाना वितरण गरिएको हो । कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । निलसागर सेवाश्रमका अध्यक्ष गरिबु चौधरीको अध्यक्षता एवम् लमही होटल व्यवसायी समितिका अध्यक्ष हिमन्त प्रसाद पाण्डेको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखि सामाजिक सेवासँग जोड्नु अत्यन्तै सकारात्मक कदम भएको बताए ।

त्यस्तै,उनले समाजका कमजोर तथा असहाय वर्गप्रति सहयोग र सहानुभूति आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानवता र सामाजिक एकताको सन्देश दिने बताए । हामीले व्यवसाय मात्र होइन,समाजप्रतिको दायित्व पनि बुझ्नुपर्छ,पाण्डेले भने,–। यस्ता सामाजिक सहयोगमूलक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गर्दछ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ । कार्यक्रममा सेवाश्रममा आश्रित व्यक्तिहरूलाई पोषणयुक्त तथा सन्तुलित भोजन वितरण गरिएको थियो ।

यस्ता कार्यक्रमले आश्रितहरुको दैनिक जीवनमा केही राहत पुग्नुका साथै समाजमा सेवा भावको भावना अभिवृद्धि हुने विश्वास लिइएको छ । कार्यक्रमको सहजिकरण समितिका सचिव राजेन्द्र पाण्डेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]