
Bsn
Usb
Ssb
Tgp
Ssb
Ksb
Rsb
Ppu
Ksb
Csb
Gsb
Nsb
Ksb
Rks

Usb
Hl1
Tsb
Gsb
Ssb

ptl
Nps
Rgu
काठमाडौँ । नेपाल शिक्षक महासंघ र प्रहरी बीच आइतबार भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारी मध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ । हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’
