
gst
Pbu
Gipsg
Gipsg
Gsg
Gst
Sebsg
Unsku
Gmssl

Wsp
Ggd
Rgu
Rsb
Rgs
Ssm
Pvg
nsb
Rgu
Bbu
Tsm
Sbs
Bbbpu
Ksm
Sls
Hal
Vor
Asm
Gst

Rpp
Mks
Abd
Syp
Jmb
Bml
bbt
Pls
Jmb
Ptm
Rmb
Gsb
sab
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस गरेकाे छ ।
जेन-जी आन्दाेलनबारे छानबिन गर्न आयोगकी सदस्य डा.लिली थापाको संयोजकत्वमा बनेको समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति लामिछानेमाथि कारबाही सिफारिस गरिएकाे छ ।
जेन–जी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको आयाेगकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । आन्दोलनको आडमा नख्खु कारागारबाट ‘अनधिकृत र गैरकानुनी रूपमा’ बाहिर निस्किएको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो ।
कारागारबाट निस्कने कार्य मानवअधिकारको गम्भीर उल्लंघन मात्र नभई कारागार ऐन २०७९ को दफा ४९ बमोजिमको फौजदारी अपराध भनेको निष्कर्ष निकालेको छ । लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवेदनको पेज नं. २८ र २९ मा लामिछानेका बारे उल्लेख छ ।
त्यसका क्रममा आयोगले उनलाई छुटाउन जाने राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा र हरि ढकाललाई पनि उक्त दायरामा ल्याउन भनेको छ । आयोगले लामिछाने कारगारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक सत्यराज जोशीमाथि पनि अनुसन्धान हुनुपर्ने उल्लेख गरेको छ ।
