
Rgp
Dus
Sgp
lnp
Jns
Rgp
Ggp
Rgp
Ggp
Usb
Rgp
Lks
ksb
Lnp
Asb

lms

काठमाडौँ । निवर्तमान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ ।
गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।
त्यस्तै सोही दिन २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि हुँदैछ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उनीहरु दर्ता गरेर फर्केका हुन् ।
