
Ggp
Lks
Ggp
Dus
lnp
Rgp
Asb
Jns
Rgp
ksb
Rgp
Sgp
Usb
Lnp
Rgp

lms

काठमाडौँ । आज शेरबहादुर देउवा पक्षका काङ्ग्रेसहरु सर्वोच्च अदालत जाने भएका छन् ।
काङ्ग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जान लागेको हो ।
त्यस्तै पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काङ्ग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
