
Rgp
Rgp
Ggp
Rgp
Jns
Dus
Rgp
Sgp
Lnp
ksb
Ggp
Lks
Asb
Usb
lnp

lms

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनका अनुसार आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी यहि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।
यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।
