
ksb
Lnp
Asb
Sgp
Rgp
Jns
Usb
Rgp
Rgp
Rgp
Lks
Dus
Ggp
Ggp
lnp

lms

रुकुमपुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुकुमपुर्वमा चुनाव लड्न नेकपा एमालेले केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदार बनाउने भएको छ ।
खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै ‘पहिले लचक हुने कि भन्ने थियो तर अब जसरी पनि बलियो उम्मेदार बनाउने भन्नेमै पुगियो, नेता खेममानलाई उम्मेदार बनाएर जाने कुरा भयो’ पार्टीका एक नेताले भने ।
