
ksb
Rgp
Ggp
Sgp
Rgp
Rgp
lnp
Asb
Lnp
Dus
Usb
Rgp
Lks
Ggp
Jns

lms

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ ।
राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। स्रोतका अनुसार क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता), क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार टुङ्गो लागेको छ ।
त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी रहेको र हाल छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ। अनलाइनखबर
