
Pbu
Bs1
Gsl
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पालीले व्यावसायिक र यात्रुको चापलाई हेर्नेहो भने देउखुरीमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् । एक सफल युवा ब्यबसायी समेत रहेका छम्पालीले आफ्नो फेसबुक वालमा ” दाङ जिल्लामा जति धेरै एयरपोर्ट बने उति राम्रो हो तर व्यावसायिक हिसाबले चल्ने प्रयाप्त यात्रुहुने भनेको देउखुरीमा […]
कंचनपुर । कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ । शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो । पीडित परिवारहरुका […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने […]
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोख्रेलले विज्ञप्तिमार्फत् जानकारी दिनु भएको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको बताएका छन् । उनले प्रहरीले गरिरहेको छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराएको बताए । त्यस्तै प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन आइतबार संसद् भवन बाहिर नक्कली भुटानी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् । ‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,’ प्रधानमन्त्री दाहालले भने, […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरेको छ । शनिबार नगर कमिटीले दामोदर भण्डारीको सभापति रहने गरि ९ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ र […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटी र आर ए टि लमहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही शाखाको प्राविधिक सहयोगमा शुक्रबार लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नि:शुल्क रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।भगवान गौतम बुद्धको २५ सय ६७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रास्वपाका कार्यकर्ता डिल्ली खनाल, भुवन आचार्य […]