
Gisld
Pbu
Sds
mbd
Rbs
Mbdvs

Rgu
Rgu
Ssm
nsb
Ksm
Bbbpu
Tsm
Rsb
Sbs
Hal
Gst
Wsp
Sls
Ggd
Asm
Vor
Bbu
Rgs
Pvg

Ptm
Bml
bbt
Jmb
Pls
Syp
Jmb
Rmb
Gsb
Abd
Rpp
Mks
sab
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पालीले व्यावसायिक र यात्रुको चापलाई हेर्नेहो भने देउखुरीमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् ।
एक सफल युवा ब्यबसायी समेत रहेका छम्पालीले आफ्नो फेसबुक वालमा ” दाङ जिल्लामा जति धेरै एयरपोर्ट बने उति राम्रो हो तर व्यावसायिक हिसाबले चल्ने प्रयाप्त यात्रुहुने भनेको देउखुरीमा एयरपोर्ट बनाउन सकेपछि मात्र हो, बनाउने मात्रै हैन चल्ने ठाउँ पनि हेरौं हजुर ” भनि उल्लेख गरेका छन् । हुन पनि लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरीमा दाङका अन्य स्थान भन्दा विमानस्थल बनाउन सबै हिसाब उपयुक्त हुन्छ ।
प्रदेश राजधानीमा सेवा लिन आउने जाने सेवाग्राहीदेखि लिएर भिआईपिहरुको समेत आवागमन हुने भएकोले पनि देउखुरीमा विमानस्थल दीर्घकालीन रुपमा संचालन गर्न सकिन्छ। पुर्व- पश्चिम ( महेन्द्र) राजमार्ग समेत देउखुरीमै पर्ने भएकोले पनि अरु यात्रुले समेत सेवा लिन सक्छ्न । राप्तीले बिगतमा बगरमा परिणत गरेको जग्गालाई एयरपोर्ट बनाएर उपयोग गर्न सके प्राकृति सौन्दर्य समेत बढाउनेछ। भने तटबन्ध गराउँदा अरु खेतीयोग्य जग्गाको पनि संरक्षण हुने देखिन्छ।
