
cjs
Sgr
Djs
pku
Srbpu
Unsku
Ggp
Rgp1
sbs
Pes
Gfs
Pbu
Rgp
Lnp

Sls
Rsb
Bbu
Rgu
Rgu
Vor
Ssm
Hal
Sbs
Bbbpu
Ggd
Pvg
Asm
Tsm
Rgs
Gst
Ksm
nsb
Wsp

Mks
Bml
Jmb
Pls
Rmb
Jmb
Ptm
Abd
Syp
bbt
Gsb
sab
Rpp
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।
त्यस्तै खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि पदाधिकारी बैठक बसेको थियो । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् ।अनलाइनखबर
