कंचनपुर । कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ ।
शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।
पीडित परिवारहरुका तर्फबाट काङ्ग्रेस युवा नेता शिरोमणि ओझाले विषयबस्तु प्रस्तुत गरेका थिए । आरक्ष समितिको मागपत्र ग्रहण गर्दै अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्री एनपी साउदलाई सुझाएका थिए । आजै साझ पाँच बजे परराष्ट्र मन्त्रालयमा सो विषय बारे थप छलफल गरिने समितिका अध्यक्ष कर्ण बहादुर चन्दले बताए ।