
Pes
Srbpu
sbs
Ggp
Gfs
Lnp
pku
Djs
Unsku
cjs
Pbu
Sgr
Rgp
Rgp1

Ksm
Hal
nsb
Rgu
Rgs
Rgu
Bbu
Asm
Rsb
Gst
Bbbpu
Wsp
Sls
Sbs
Vor
Ssm
Pvg
Tsm
Ggd

sab
Gsb
Jmb
bbt
Bml
Rpp
Ptm
Abd
Rmb
Pls
Jmb
Syp
Mks
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको बताएका छन् । उनले प्रहरीले गरिरहेको छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराएको बताए ।
त्यस्तै प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन आइतबार संसद् भवन बाहिर नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आफ्नो धारणा राखेका हुन् । ‘मैले कडाइका साथ कारबाही गर्नुस्; जो दोषी छन्‚ उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ सरकारले कारबाही गरोस्; प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने,बयान फेराउने उस्तो नगरोस् भनेको छु,’ओलीले भने,’ ‘निष्पक्ष ढंगले जो दोषी छन्‚ तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस्; त्यो कुरा मैले उहाँलाई भने । हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ ओलीले भने ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको पनि बताए । उनले भने, ‘हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि ओलीले भने !’
यस्तै एमाले सचिव रायमाझी अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । नक्कली भुटानी शरणार्थीबारे प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा सांसदहरूले कुरा उठाएका थिए ।इकान्टिपुर
