
Djs
Srbpu
pku
Gfs
sbs
Ggp
Pbu
Lnp
Unsku
Rgp
cjs
Pes
Rgp1
Sgr

Rgu
Tsm
Sbs
Pvg
Rsb
Rgs
Bbbpu
Ksm
Ssm
Wsp
Sls
Hal
Gst
Rgu
nsb
Asm
Vor
Ggd
Bbu

Pls
Ptm
Syp
Jmb
Jmb
Rpp
Mks
Abd
Rmb
Bml
bbt
sab
Gsb
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् ।
‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सुशासन भन्नेबित्तिकै बेथिति विकृति भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’
आफूले मजदुरहरूको महाधिवेशनमै भ्रष्टाचारको फाइल खोल्ने घोषणा गरेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘मजदुरहरूको महाधिवशेनमा घोषणा गरेको थिएँ । अब भ्रष्टाचारीको फाइल खोलिन्छ । कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ ।’
भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला-ठूला धम्की आउने सम्भावना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘ठूल्ठूला घेराबन्दी होलान्, दबाब आउलान्, धम्की आउलान्, धेरै चिज हुनेवाला छ यसबीचमा । श्रमजीवी साथमा भए भने जतिसुकै ठूला घेराबन्दी पनि सामना गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने ।
त्यस्तै लामो समयदेखि कायम रहेको गलत नीति र संस्कारकै कारण नेपालमा आर्थिक संकट निम्तिएको पनि उनको दाबी छ । उनले अगाडि भने, ‘आज आर्थिक समस्या र दबाबको सामना गर्नुपरेको छ । यो रातारात बनिएको होइन । लामो समयदेखिका गलत नीति संस्कार शैली मुख्य संस्थागत भ्रष्टाचारका कारणले नै नेपालको आजको आर्थिक संकटको स्थिति बनेको हो । यसको निराकरणका निम्ति सुशासन कायम गर्नैपर्छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो प्राथमिकता नै सामाजिक न्याय, सुशासन र समृद्धि भएको पनि दोहोर्याए ।इकान्टीपुर
