माधव खनाल/अर्घाखाँची सोमबार, चैत्र ०७, २०७८

अर्घाखाँची । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी,अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले यसको विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्लाद्वारा सोमबार आयोजित जिल्ला भेलामा प्रशिक्षण दिनुहुँदै सिंहले यसपटकको चुनाव एक्लै जित्नका लागि पार्टीका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “अर्घाखाँचीमा हामीले कैयौँपटक एक्लै चुनाव जितेका छौँ,यसपालो पनि एक्लै जित्ने गरि लागौँ।’ राजमो विचार, चेतना, राजनीति र सक्रियताले चुनाव जित्ने पार्टी भएको सिंहको भनाई छ ।

त्यस्तै सिंहले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएको र अमेरिकाको दबाबमा त्यसलाई नेपालले पारित गर्नु नेपालको सार्वभौम सत्तामाथि साम्राज्यवादको खुल्ला हस्तक्षेप भएको बताउँदै त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । गणतन्त्र, र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नारासहित राजमो अर्घाखाँची जिल्ला भेला सदरमुकाम सन्धिखर्कको सङ्गम फुडल्याण्डको हलमा सम्पन्न भएको छ ।

भेलालाई प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ अफाका केन्द्रिय अध्यक्ष भैरहव राज रेग्मी,राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा अखिल नेपाल महिला संघकि महासचिव सकुन्तला राना नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल राजमोका केन्द्रिय कोषाध्यक्ष मधु क्षेत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]