
Sssbus1
nsm
Sssbus1
Ssbus
Pbu
Ssbus
ssbus
Gsl
Ssbus
tssbus

Bbbpu
Gst
Rgu
Ksm
Wsp
Hal
nsb
Sls
Asm
Rsb
Rgs
Ggd
Rgu
Vor
Ssm
Pvg
Sbs
Bbu
Tsm

Rpp
Pls
Syp
Jmb
bbt
Mks
Bml
Abd
sab
Rmb
Ptm
Jmb
Gsb
अर्घाखाँची । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी,अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले यसको विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्लाद्वारा सोमबार आयोजित जिल्ला भेलामा प्रशिक्षण दिनुहुँदै सिंहले यसपटकको चुनाव एक्लै जित्नका लागि पार्टीका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “अर्घाखाँचीमा हामीले कैयौँपटक एक्लै चुनाव जितेका छौँ,यसपालो पनि एक्लै जित्ने गरि लागौँ।’ राजमो विचार, चेतना, राजनीति र सक्रियताले चुनाव जित्ने पार्टी भएको सिंहको भनाई छ ।
त्यस्तै सिंहले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएको र अमेरिकाको दबाबमा त्यसलाई नेपालले पारित गर्नु नेपालको सार्वभौम सत्तामाथि साम्राज्यवादको खुल्ला हस्तक्षेप भएको बताउँदै त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । गणतन्त्र, र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नारासहित राजमो अर्घाखाँची जिल्ला भेला सदरमुकाम सन्धिखर्कको सङ्गम फुडल्याण्डको हलमा सम्पन्न भएको छ ।
भेलालाई प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ अफाका केन्द्रिय अध्यक्ष भैरहव राज रेग्मी,राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा अखिल नेपाल महिला संघकि महासचिव सकुन्तला राना नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल राजमोका केन्द्रिय कोषाध्यक्ष मधु क्षेत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।
