
Ges
sjnsplk
pvg
rgs
Snmbs
snmbs
Amb
Gesld
Pbu
Dpm
Snmbs
Mbf
Dbc
dpm
Sdc


काठमाडौं । पासपोर्ट खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।
अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ।
मुद्दामा महानिर्देशक तिर्थराज अर्याल, निर्देशकहरू सुनिल केसी, शत्रुधन शर्मा पोखरेल, रविन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसी आचार्य, उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं तथा नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्ललगायत १६ जनाविरुद्ध अभियोग दर्ता गर्न लागिएको छ। प्रतिवादीमध्ये १० जना सरकारी कर्मचारी रहेका छन्।
यस प्रकरणमा दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। हाल मुद्दा दर्ता हुने प्रक्रियामा रहेको जनाइएको छ।
पासपोर्ट छपाइमा भएको भनिएको अनियमितताबारे अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सँग पनि अख्तियारले सोधपुछ गरेको थियो। तर, अभियोजनमा उनलाई प्रतिवादी बनाइएको छैन। यसैगरी पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग पनि आयोगले बयान लिएको थियो।
