Sidha Patra शुक्रबार, पुष ०२, २०७८

बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् ।

दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका एक नेताले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]