
mbd
Gmk
Pbu
Sds
Gisld
Anm
Mbdvs
Rbs
Ksm

Rgs
Pvg
Tsm
Ksm
Rsb
Bbu
Ggd
nsb
Rgu
Vor
Wsp
Asm
Bbbpu
Hal
Rgu
Sls
Ssm
Gst
Sbs

Rpp
Pls
bbt
Jmb
sab
Abd
Rmb
Gsb
Mks
Syp
Bml
Ptm
Jmb
बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् ।
दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।
माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका एक नेताले बताए ।
