
Ddhbs
Gsbus
dsbus
Syees
Ssbus
Amb
Rbs
Pbu
Bksbus5
Csbus
syysr
gms
Gsl
Nssbus7
Ratbs
Jsbus

Asm
Bbbpu
Wsp
nsb
Rgu
Bbu
Tsm
Pvg
Ksm
Vor
Sls
Ggd
Sbs
Rsb
Rgs
Rgu
Ssm
Hal
Gst

Jmb
Jmb
Bml
Syp
sab
Pls
Rpp
Rmb
bbt
Abd
Ptm
Mks
Gsb
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको छ ।
त्यस्तै समितिले मतपत्र छपाईका काम सकेर मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ। मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ।
समितिका अनुसार महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। भृकुटीमण्डपको हलमा प्रदेश नं १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ।
प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन्। मतदानका सबै प्रक्रिया सकिएपछि मतगणना सुरु हुने र मतगणना सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने अनुमान निर्वाचन अधिकृत भरतराज उपाध्यायको छ।
कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुन: मतदान गरिनुपर्छ। यसो भएको खण्डमा पनि पुन: पहिलेकै जस्तो कागजी प्रक्रियामा जानुपर्ने हुनाले यसले पनि अन्तिम मत परिणाममा समेत ढिलाइ गर्न सक्छ।
निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दुई महामन्त्री पदमा डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की उम्मेदवार बनेको जानकारी दिए। डा. महत र पौडेल देउवा, शर्मा सिंह, डा. रिजाल र थापा डा. कोइराला अनि डा. कार्की निधिको प्यानलबाट अघि सरेका हुन्। कृष्णप्रसाद सिटौलासँग तालमेलसँगै संस्थापनबाट डा. महत र पौडेलले बाजी मारेका छन्।
यस्तै १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसमा पदाधिकारी दाबी गरेका ‘हेभीवेट’नेता नै केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्। गुटगत भागबन्डा र समीकरण मिलान गर्दा पदाधिकारीमा नअटेपछि केन्द्रीय सदस्यको उम्मेदवारमै चित्त बुझाएका हुन् ।
