
Pbu
Sds
Gisld
mbd
Rbs
Mbdvs

Asm
Ksm
Gst
Rgu
Rsb
Bbu
nsb
Sls
Tsm
Ssm
Pvg
Vor
Rgu
Sbs
Ggd
Rgs
Wsp
Bbbpu
Hal

Bml
sab
Gsb
Syp
bbt
Jmb
Pls
Rmb
Mks
Jmb
Ptm
Abd
Rpp
दाङ । लुम्बिनी प्रदेश स्थापना दिवस मुल समारोह सोमबार स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाइएको छ । सोमबार राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गरिएको हो । त्यस्तै यस अघी देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो । मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गर्नु भएको छ ।
त्यस्तै पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनिक कार्यालयहरुको पूर्वाधार बनाइने छ । अवको दुई बर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानीसंग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना बनाएको छ ।
राप्ती प्राविधिक शिक्षालयलाइ गोवरडिहामा स्थानान्तरण गरिएको र त्यहाँ नमुना शिक्षालयको रुपमा अघि बढाइने मुख्यमन्त्री पोख्रेलले जानकारी दिनु भयो । यस्तै प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम) ले संघियता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताउनु भएको छ ।
त्यसैगरी प्रदेश स्थापना दिवसमा मुल समारोह राप्ती उपत्यका देउखुरीमा राखेर राजधानी कार्यान्वयनको लागि प्रदेश सरकारले अनुकरणीय कार्य गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो । राजधानी भएपछि यहाँका नागरिक खुसिले हर्षित भएका छन् ।
त्यस्तै अब जनसरोकारका कार्यालय पनि बिस्तारै आउने आशा गरेका छौं’ सुवेदीले भन्नु भयो । अब राजधानी व्यवस्थापनको कामले गति लिने आशा गरेका छौं । प्रदेश स्थापना दिवसको अवसरमा थारु,मगर र अन्य संस्कृति संग जोडिएका झाँकी प्रस्तुत गरिएको थियो । यस्तै प्रदेश सरकारले स्थापना दिवसको अवसरमा फागुन ३ गते सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।
सो अवसरमा ५८ जना विभिन्न पदकबाट विभुषित
त्यस्तै प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ । बुद्ध शान्ति पदकबाट आचार्य डाक्टर भिक्षु अमृतानन्दलाइ मरणोपरान्त विभुषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाइ मरणोपरान्त विभुषित गरिएको छ । यस्तै प्रदेश प्रमुख जनसेवा पदकबाट खगुलाल गुरुङ, तेजमान घर्ती (मरणोपरान्त), धनमाया श्रेष्ठ(मरणोपरान्त), केवल गाहा मगर (मरणोपरान्त), कृष्ण थारु(वेपत्ता) पदकबाट विभुषीत भएका हुन् ।
त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका स्व. माणिकलाल गौतमलाई प्रदान गरिएको छ । यस्तै सोही पदकबाट चिनियालाल बज्राचार्य, दयाराज बस्याल (मरणोपरान्त),मनोज चौधरी(घाईते) लाई विभुषीत गरिएको छ । प्रदेश सेवा समर्पण पदकबाट डाक्टर राजेन्द्रप्रसाद खनाल,डाक्टर सुमित प्रजापती,उत्तम पच्या,बसुन्धरा ज्ञवाली गौतम, ध्रब धिताल, विमला रोका श्रेष्ठ,सुमित कुमार अग्रहरी, विष्णु आचार्य,प्रेमबहादुर गौतम,लक्ष्मण पन्थी,आयुस्मा अर्याल, योगेन्द्रनाथ उपाध्याय, अभय कुमार झालाई विभुषीत गरिएको हो । यस्तै उजिरसिंह दिप पदकबाट डिलबहादुर सिंजाली मगर, फुलेराम थारु, प्रभु सुनार, समाजसेवी श्री पदकबाट माधव अधिकारी, अर्जुन ज्ञवाली, रोमहर्ष धिताल, डाक्टर चित्रप्रसाल वाग्ले (मरणोपरान्त), खिमलाल पोख्रेल, विनय पोख्रेल, पवित्रा पौडेल, प्रभा पौडेल,सरिता खनाल, आशा अपांग केन्द्रलाई विभुषण गरिएको छ । यस्तै प्रदेश रत्नपदकबाट लोकेन्द्र विष्ट मगरलाई विभुषण गरिएको छ । तर,उनि पदक लिनका लागी कार्यक्रममा आएका थिएनन् । प्रदेश रत्न पदकबाट लक्ष्मीप्रसाद पुन,अर्घाखाँची सिमेन्ट प्राली, सगुन कन्स्ट्रक्सन, मार्सल रोका, भोजराज रेग्मी, पुरमल बस्नेतलाई विभुषीत गरिएको छ । पुजा श्री पदकबाट सिद्धार्थ विजनेश गु्रप अप हस्पिटालिटी, बुलबुले थारु पाहुना घर, जैविक होमस्टे डल्लालाई विभुषीत गरिएको छ ।
यसैगरी प्रदेश प्रज्ञा पदकबाट नारायण सिंह गुरुङ, धवल पुस्तकालयलाई विभुषीत गरिएको छ । प्रजापती गौतमी पदकबाट चुन्नुमायाँ गुरुङ (मरणोपरान्त), पूर्णमाया महर्जन, रितासेन ओली, त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगलाई विभुषीत गरिएको छ । दङ्गीशरण बलिहाङ्ग पदकबाट बुदराना (लोकबहादुर राना मगर), श्यामनन्द सिंह, गोरन चौधरी (मरणोपरान्त), मोहम्मद ईलिहात खाँलाई विभुषीत गरिएको छ ।
