ट्राफिक कारवाहीबाट गुल्मीमा ४४ लाख राजस्व संकलन

गुल्मी । गुल्मीमा जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । यो अवधिमा कुल ६ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद […]

आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका थापाले,राष्ट्रपतिद्वारा सपथ ग्रहण

काठमाडौं । आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् । थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष शपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति […]

दाङको शान्तिनगरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि,एक हप्ता विद्यालय बन्द

दाङ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगर गाउँपालिकामा एक हप्तालाई विद्याय बन्द गरिएको छ । गाउँपालिका स्तरीय आजको बैठकले आज देखि शुक्रबार ११ गतेसम्म विद्यालय बन्द गर्ने र त्यस लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै अध्ययन विदा स्वरुप एक हप्तालाई विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, गाउँपालिका अध्यक्ष […]

पदमुक्त भएका गृहमन्त्री बादलको पुनः बेलुका ५ बजे राष्ट्रपति भवनमा सपथग्रहन हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् । त्यस्तै बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र […]

बितेको ९ महिना भित्र चितवन राष्ट्रिय निकुञ्जमा ३० गैंडाको मृत्यु

चितवन । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्। त्यसैगरी निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए […]

जिप्रका दाङले अबैध ३ लाख बढी भारु रकम सहित १ जनालाई पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई रकम सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी […]

झापाको देवीवस्तीमा रहेको बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसी,बाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् […]

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको मृत्यु भएको हो । यस्तै अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । […]

गृहमन्त्री थापा बादल पदमुक्त:सांसद पदपनि भयो खारेज

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ । उनलाई गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

फेरि बढ्यो इन्धनको मूल्य,पेट्रोल प्रति लिटरको १ सय,२१ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर १ का दरले वृद्धि गरिएको हो । त्यस्तै निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]